Latest News

को हुन भयङ्कर दुर्घटनामा ज्यान गुमाएका – नायक चन्द्रमणि मुडभरी ?

ललितपुरको धोबिघाटमा आइतबार स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटका २८ वर्षीय मुडभरी र गोदावरी, ललितपुरका ४० वर्षीय गोबिन्द घिमिरे शर्मा रहेको छन ।

बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार नुवाकोट बेल्कोटगढीका २८ वर्षीय चन्द्रमणि मुडभरी नायक तथा निर्देशक हुन । उनको मुख्य अभिनय रहेको चलचित्र म्हेन्दु प्रदर्शन को तयारीमा छ । घिमिरे नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष हुन् । केही समय अघिसम्म कृषि टेलिभिजनमा काम गरेका उनी पछिल्लो समय युट्युब च्यानल ‘किसान’ सञ्चालन गर्थे ।

दुर्घटनाका घाइतेलाई प्रहरीले तत्कालै मेगा अस्पताल पुर्‍याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो। नर्भिक अस्पतालले दुवैलाई मृत घोषणा गरेको छ।

को हुन – नायक मुडभरी ?

२०४८ असार ३० गते नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ कुमरीमा पिता नवराज मुडभरी र माता गङ्गा मुडभरीको कोखबाट जन्मेका अन्त्यन्त मिजासिला र हसिला ब्यतित्व थिए , नायक चन्द्रमणि मुडभरी । सानै देखि गीत संगीत र कलाकारितामा रुचि राख्ने मुडभरिको बाल्यकाल नुवाकोट मै बित्यो । कुमरिकै बिरेन्द्र उच्च माबिबाट २०६६ सालमा +२ पास गरेका उनि त्यति बेला नै नुवाकोट मै रहेको रेडियो जलपामा काम गर्थे ।

ब्याचलर पढ्दै कलाकारिता संगै पत्रकारितामा पनि सक्रिय मुडभरी नवज्योति एफएम संगै विभिन्न टिभि हरुमा पनि प्रस्तोताको रुपमा काम गर्थे । थुप्रै म्युजिक भिडियो निर्देशन र अभिनय गरेका मुडभरिले अभिनय गरेको फिल्म म्हेन्दु रिलिजको तयारीमा छ ।

‘ सपनाको महल ‘ , ‘तिमि आउने खुशीमा ‘ , ‘ कशम ‘, ‘ भाग्यमानि ‘ , लोक दोहोरि गीत ‘ शहर आएपछि ‘ लगायत दर्जन भन्दा धेरै म्युजिक भिडियो मा उनले अभिनय गरेका थिए ।

‘गुड लक् ‘ , ‘उल्टो जुत्ता’ , ‘ रंगमंच ‘ जस्ता डिजिटल फिल्ममा काम गरेका मुडभरीको मुख्य अभिनय रहेको चलचित्र ‘सिमल’ र ‘म्हेन्दु’ प्रदर्शनको तयारीमा छ । उनि हाल ब्ल्याक स्टोन फिल्म्सका संचालक तथा कान्तिपुर आज अनलाइन न्युज पोर्टलका संचालक तथा प्रधान सम्पादक थिए ।

स्वर्गीय कलाकार तथा पत्रकार चन्द्रमणि मुडभरिको आत्माको चिर शान्तिको कामना ।



https://www.youtube.com/watch?v=-XAzf9F56rU
https://www.youtube.com/watch?v=ZRzQDQvtZn4
https://www.youtube.com/watch?v=tbr7F14087Q

Latest News

भयंकर दुर्घटनामा नायक चन्द्रमणी मुडभरी सहित दुईको मृत्यु

जेठ १९, काठमाण्डौ । ललितपुरको धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटका २८ वर्षीय मुडभरी र गोदावरी, ललितपुरका ४० वर्षीय गोबिन्द घिमिरे शर्मा रहेको छन । बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हु ...

Uncategorized

दुखद खबर ! त्रिशूली नदीमा बस खस्यो, कम्तीमा 5 जनाको मृत्यु ! २० भन्दा धेरै गम्भीर

५ जेठ, काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा कम्तिमा 5 जनाको मृत्यु भएको छ । ना ७ ख ४३८७ नम्बरको बस धादिङको गजुरी गाउपालिका वडा नम्बर ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको गजुरी प्रहरीले जनाएको छ । बस सडकबाट त्रिशुली नदीमा खसेको छ । दुर्घटनामा परि ५ जनाको ज्यान गएको छ । मृत्यु हुने मध्ये ४ जनाको ...

Latest News

मिलनको ‘म जन्मिदा भावी’ रिलिज

‘म जन्मिदा भावी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। प्रहरी निरिक्षक गायक निर्मल पनेरुको आवाज रहेको गीत शुक्रबार भिडियोसहित युट्युबमार्फत रिलिज गरिएको हो।

गीतमा निर्मलको स्वरमा संगीत भरेका छन् संगीतकर्मी हरि लम्सालले। शब्द शीतल कादम्बिनीले दिएकी छिन्।

गीतको भिडियोमा कलाकार मिलन कार्कीको अभिनय रहेको छ। निकेश खड्का निर्देशित भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन्। सम्पादन विकास धमलाले गरेका हुन्।

Latest News

संगीत साधनामा ॐ को महत्व, श्रुति अनलाईन म्युजिक क्लास भाग – ३


अब घर मै बसी बसी संगीत सिक्न पाइने भएको छ । श्रुति संगीत बिद्यालय संगको सहकार्यमा हिमालयन पिक्चर्सले यो अवसर संगीत पारखी हरुलाई प्रदान गरेको हो । युटुब मार्फत आफुले चाहेको बेलामा संगीत सिक्न चाहने विद्यार्थीले संगीतको आधारभूत कक्षा लिन सक्ने प्रशिक्षक नरहरि प्रेमीले बताएका छन् ।

देश तथा बिदेसमा बसेर ब्यस्त जीवनका बीच संगीतको कक्षा लिन नसकेका संगीत पारखिहरुको मर्मलाई आत्मासाथ गर्दै हिमालयन पिक्चर्स संगको सहकार्यमा नेपालमै पहिलो पटक युटुब मार्फत संगीत कक्षा संचालन गरिएको हुदा यो निसुल्क पाइएको अबासर बाट लाभ लिन प्रशिक्षक प्रेमीले सबैलाई आग्रह गरेका छन् ।

बिगत २४ बर्ष देखि निरन्तर संगीत साधनामा क्रियाशील गायक , संगीतकार नरहरि प्रेमी संगीतका गुरु समेत हुन् । श्रुति संगीत बिद्यालयका संचालक प्रेमीले थुप्रै हिट गीतहरुमा स्वर तथा संगीत दिईसकेका छन् ।

श्रुति अनलाइन म्युजिक क्लास एक दिन बिराएर बेलुका ५ बजे हिमालयन पिक्चर्स नेपाल युटुब च्यानलमा प्रशारण हुन्छ ।

आउनुहोस तपाई पनि लिनुहोस् सित्तैमा म्युजिक क्लास !

Latest News

अब संगीत सित्तैमा सिकौं , श्रुति अनलाईन म्युजिक क्लास भाग – २

अब घर मै बसी बसी संगीत सिक्न पाइने भएको छ । श्रुति संगीत बिद्यालय संगको सहकार्यमा हिमालयन पिक्चर्सले यो अवसर संगीत पारखी हरुलाई प्रदान गरेको हो । युटुब मार्फत आफुले चाहेको बेलामा संगीत सिक्न चाहने विद्यार्थीले संगीतको आधारभूत कक्षा लिन सक्ने प्रशिक्षक नरहरि प्रेमीले बताएका छन् ।

देश तथा बिदेसमा बसेर ब्यस्त जीवनका बीच संगीतको कक्षा लिन नसकेका संगीत पारखिहरुको मर्मलाई आत्मासाथ गर्दै हिमालयन पिक्चर्स संगको सहकार्यमा नेपालमै पहिलो पटक युटुब मार्फत संगीत कक्षा संचालन गरिएको हुदा यो निसुल्क पाइएको अबासर बाट लाभ लिन प्रशिक्षक प्रेमीले सबैलाई आग्रह गरेका छन् ।

बिगत २४ बर्ष देखि निरन्तर संगीत साधनामा क्रियाशील गायक , संगीतकार नरहरि प्रेमी संगीतका गुरु समेत हुन् । श्रुति संगीत बिद्यालयका संचालक प्रेमीले थुप्रै हिट गीतहरुमा स्वर तथा संगीत दिईसकेका छन् ।

श्रुति अनलाइन म्युजिक क्लास एक दिन बिराएर बेलुका ५ बजे हिमालयन पिक्चर्स नेपाल युटुब च्यानलमा प्रशारण हुन्छ ।

आउनुहोस तपाई पनि लिनुहोस् सित्तैमा म्युजिक क्लास !

Latest News

श्रुति अनलाइन म्युजिक क्लास – भाग ०१

संगीतको उत्पति कसरि भयो ?

तपाइलाई संगीत सिक्न या गीत / संगीत संग सम्बन्धित कुनैपनि जिज्ञासा तथा क्लास गर्न मन भए हामीलाई सिधै सम्पर्क गर्नुहुन अनुरोध छ । नरहरि प्रेमी गायक/ संगीतकार श्रुति संगीत बिद्यालय पुतलीसडक काठमाडौँ मोबाइल नम्बर : 9851008545 / 9841566558

Latest News

डिभी चिट्ठा 2020 को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं । सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा डिभीको नतिजा आज सार्वजनिक भएको छ । सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म फारम खुलाइएको थियो । डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् ।

सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जनाएको छ । अमेरिकी सरकारको इडिभी शाखाले san २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।

अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट हजारौं व्यक्तिलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत अमेरिका लैजान्छ । अमेरिकाले सन् १९९१ देखि यो कार्यक्रम ल्याएको थियो ।

अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट १ करोडदेखि २ करोडसम्मले अनलाइनमार्फत आवेदन फारम भर्छन् भने ५० हजारभन्दा बढी मानिसहरु यो कार्यक्रममार्फत अमेरिकामा प्रवेश गर्छन् । नतिजा www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

तर, डीभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने भन्दै दूताबासले सचेत गराएको छ ।

Latest News

वियोन्ड र निर्जलाको बाजीको गीत सार्बजनिक

चलचित्र ‘जोनी जेन्टलमेन’ तथा दर्जनौ म्यूजिक भिडियोहरु तथा ‘हाम्रो हाईस्कूल’ र ‘रङ्ग टाईम’ जस्ता वेब सिरिज निर्देशन गरेका नितिन चन्दले नयाँ वेब सिरिज ‘बाजी’ तयार पारेका छन् । हालै मात्र यो सिरिजको गीत र पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्वचित शाक्यको शब्द, संगीत तथा स्वर रहेको छ ।

‘बाजी’ रोमान्टिक थ्रिलर जनरामा बनेको सम्भवत पहिलो नेपाली बेव सिरिज रहेको बताईएको छ । दुई साथीबीच भएको सामान्य चुनौतीले कसरी जीन्दगी नै बाजीमा पर्छ भन्ने मूख्य बिषय उठान भएको ‘बाजी’ प्रेम, द्वन्द्व तथा बदलाको कथामा बनेको निर्देशक चन्दले बताए ।

‘बाजी’मा वियोन्ड र निर्जला खनालको प्रमूख अभिनय रहेको छ । वियोन्ड नयाँ पुस्तामाझ चर्चित गायक, गीतकार तथा संगीतकार हुन् । उनका ‘आईदेउ न’, ‘लै लै’, ‘किच किच’, ‘ओ मैचा’ लगाएतका गीतहरु यूट्युबमा निकै चर्चित छन् । निर्जला चर्चित आरजे हुन् । वियोन्ड र निर्जलाले ‘पर्खाई’ नामक लघु चलचित्रमा अभिनय गरिसकेका छन् । उक्त चलचित्रमा यो जोडीलाई रुचाईएको थियो ।

यो सिरिज जेठ २ गते देखी प्रत्येक बिहिवार योर स्टाईलको यूट्युब च्यानल मार्फत प्रसारण हुने बताईएको छ । योर स्टाइल र सिनेमाघर एपको सहकार्यमा बनेको यो सिरिज आठ श्रृंखला सम्म प्रसारण हुनेछ । योर स्टाइल र सिनेमाघरले आगामी दिनमा पनि यसैगरी सहकार्य गरेर वेब सिरिज बनाउने सिनेमाघर एपका कार्यकारी सागर खरेलले बताए ।

Latest News

शक्तिशाली चक्रवात नेपालमा , राजधानी लगायत देशभर भिषण हावाहुरी

नेपालमा फेरी ठूलो हाँधीहुरी आउन सक्ने भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको छ । बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको शक्तिशाली चक्रवात ‘फानी’को प्रभाव नेपाल भित्रिने संभावना बढेको भन्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरिएको हो । चक्रवात ‘फानी’ का कारण आउँदो शुक्रबारपछि पूर्वी नेपालका केही स्थानमा हावाहुरी आउन सक्ने मौसमविद्ले जनाएका छन् । पर्स ...